प्याब्सन स्पोर्टस् मिटको मार्चपासमा विन्ध्येश्वरी विजयी
पाेखरा | मंसिर १९, २०८१
पोखरा: निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन), कास्की को १८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ को मार्चपासमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुल विजयी बनेको छ ।
पोखरा महानगरपालिका १ मोहरीयाटोलमा अवस्थित विन्ध्येश्वरी आदर्श अन्य विद्यालयलाई पछि पार्दै विजयी बनेको हो ।
मार्चपासमा मेरिगोल्ड दोस्रो स्थान हाँसिल गर्याे भने, ढुङ्गे साँघु विद्यालय तेस्रो बन्यो ।
यसैगरी हार्भड, सोसल पब्लिक, फिस्टेल र विभुती शिक्षा सदन विद्यालय सान्त्वना स्थान हाँसिल गरे ।
पोखरा रंगशालामा सुरु भएको १८ औं संस्करणको प्याब्सन स्पोर्टस मिटको औपचारिक उद्घाटन खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री चौधरीले कास्की प्याब्सनले नेपाली खेलकुदमा खेलाडी उत्पादनमा अहम भूमिका खेलेको बताउँदै आफ्ना विद्यार्थीहरुलाई राष्ट्रियता, अनुशासन, मेहनत र लगनशिलतालाईसमेत आत्मसात गराउनु पर्नेमा जोड दिएका थिए ।
१८ औं प्याब्सन स्पोर्टस् मिट–२०८१ मा प्याब्सन कास्कीका ९९ विद्यालयमध्ये ८८ विद्यालयहरुको सहभागिता रहेको छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

